आजको मौसम कस्तो ?
मेरोन्यूज
२०७८ माघ ४ गते ६:२६

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । त्यसैले प्रदेश १ र मधेसलगायत पहाडी भागमा आंशिक बदली रहने छ । तराईमा भने हुस्सु कुहिरो लागि रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । देशका पहाडी भागका केही स्थानमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा भने हिमपात हुने भएको छ ।
यस्तै, राति पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा सामान्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
देशको पहाडी हल्का वर्षाको साथै हिमाली भागका केही स्थानमा हिमपात हुने भएकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित

















डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
प्रतिक्रिया