आजको मौसम कस्तो ?
मेरोन्यूज
२०७८ माघ ४ गते ६:२६

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । त्यसैले प्रदेश १ र मधेसलगायत पहाडी भागमा आंशिक बदली रहने छ । तराईमा भने हुस्सु कुहिरो लागि रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । देशका पहाडी भागका केही स्थानमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा भने हिमपात हुने भएको छ ।
यस्तै, राति पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा सामान्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
देशको पहाडी हल्का वर्षाको साथै हिमाली भागका केही स्थानमा हिमपात हुने भएकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित












पुस २४ गते बिहिवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया