बुधबार, जेठ ७, २०८२

राष्ट्रपति पुटिन र प्रधानमन्त्री खानबीच टेलिफोन वार्ता

मेरोन्यूज २०७८ माघ ४ गते ११:४५

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । उनीहरूबीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखे, ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो, उहाँ (पुटिन) पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउनु हुन्छ।’

दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । ‘हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाबारे पनि छलफल गर्‍यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौं,’ उनले भने ।

सोमबार भएको टेलिफोन वार्तामा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदान गरेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया