काठमाडौं जिल्ला प्रशासन कार्यालय कोरोनाको हटस्पट
सिडिओसहित १८ कर्मचारीलाई कोभिड

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय कोरोनाको हटस्पट बनेको छ । आगो झै फैलन थालेको कोरोनाले अहिले प्रायः सवै सरकारी कार्यालय देखि नीजि क्षेत्रका कार्यालय समेत प्रभावित बनिरहेको छ । काठमाडौंको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सिडिओ देखि १८ कर्मचारी अहिले कोरोनाको संक्रमणमा परेको जिप्रका काठमाडौंले जनाएको छ ।
कर्मचारीमा पनि कोभिड१९को संक्रमण बढेपछि अहिले काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफुले दिँदै आएको सरकारी सेवा कटौती गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।
नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ । काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।
त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।
‘विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ । विभागका प्रवक्ता सरदराज आरनका अनुसार १५ जना कर्मचारीलाई कोभिड भएछि सेवा कटौती गर्नुपरेको हो ।
यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ । आरनका अनुसार यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया