बिहीबार, पुष १०, २०८२

पूर्वयुवराज्ञी हिमानी किन पुगिन अमेरिका ?

मेरोन्यूज २०७८ माघ ५ गते १३:१९

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छिन् । कोरोना संक्रमणको जोखिम वढिरहेका बेला युवराज्ञी शाह भने त्यसको कुनै प्रवाह नगरी अमेरिका उडेकी हुन् । उनी हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी छिन् । उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् ।

प्रतिक्रिया