शनिबार, वैशाख २६, २०८३

नारायणहिटीको ब्यापारिक संरचना भत्काएकोमा संघको आपत्ति

मेरोन्यूज २०७८ माघ ५ गते १६:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ ।

Advertisement
NiccNicc

संघले विज्ञप्ति निकालेर आनन्दराज र बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको हो ।

‘नारायणहिटी दरवार संग्रहालयमा नेपाल सरकारले टेण्डर आह्वान गरी सरकार निजी सहकार्य गर्ने नीति अनुसार विधिपुर्वक बतास अर्गनाईजेसनलाई सम्झौता गरी क्याफेटेरिया संचालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाण रहित विभिन्न तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस यस संघले गरेको छ ।’ संघ अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनताप्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरणमाथि अंकुश लगाएको महसुस भएको संघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवत्तिका विरोधमा चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया