नारायणहिटीको ब्यापारिक संरचना भत्काएकोमा संघको आपत्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ ।
संघले विज्ञप्ति निकालेर आनन्दराज र बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको हो ।
‘नारायणहिटी दरवार संग्रहालयमा नेपाल सरकारले टेण्डर आह्वान गरी सरकार निजी सहकार्य गर्ने नीति अनुसार विधिपुर्वक बतास अर्गनाईजेसनलाई सम्झौता गरी क्याफेटेरिया संचालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाण रहित विभिन्न तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस यस संघले गरेको छ ।’ संघ अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनताप्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरणमाथि अंकुश लगाएको महसुस भएको संघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवत्तिका विरोधमा चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने समेत जनाएको छ ।












बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया