गण्डकीमा परीक्षणको आधाभन्दा बढीलाई कोरोना सङ्क्रमण

पोखरा । गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन् ।
सङ्क्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा सङ्क्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो ।
यस अवधिमा एक हजार ३०१ जनाको नमूना परीक्षण गरिएकामा ७०३ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालय मातहतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार एन्टिजेन परीक्षणबाट ३३८ र पीसीआर परीक्षणमा ३६५ जनामा सङ्क्रमण देखिएको हो । यस अवधिमा निको भएका छन् । गण्डकीमा सबैभन्दा बढी कास्कीमा थप ३६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी स्याङ्जामा ८५, तनहुँ ८३, गोरखा ५८, नवलपरासी पूर्व ४६, लमजुङ ३०, म्याग्दी १९, बाग्लुङ ११, म्याग्दी पाँच र मुस्ताङमा एक जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ९१ हजार ३५८ जनामा सङ्क्रमण पुष्टि भएको तथा ८७ हजार १४५ जना निको भएको जनाइएको छ । गण्डकीमा हाल सक्रिय सङ्क्रमितको दुई हजार ७८४ जना रहेका छन् ।











चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया