शुक्रबार, पुष ११, २०८२

मोटरसाइकल दुर्घटनामा परी युवाको मृत्यु

मेरोन्यूज २०७८ माघ ७ गते ८:५७

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको से ६ प ७९२१ नंको मोटरसाइकल बैतडीको सिगास ९ सिकनाडीमा दुर्घटनामा परेको हो । बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब सय मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया