धनगढीमा प्रहरीले नै मोबाइल चोरेपछि…

कैलाली । कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ । लागू औषधको कारोबार भइरहरेको सूचनाको आधारमा बिहीबार ग्यालरी पुगेको प्रहरीको टोलीका एक जनाले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसीटिभीमा कैद भएको छ ।
धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट ती प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए । मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियोसहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए । उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले निजहरुबाट मोबाइलसमेत बरामद गरिएको जानकारी दिए । बिहीबार प्रहरीले ग्यालरीबाट लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको थियो ।















रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
प्रतिक्रिया