बिहीबार, पुष १०, २०८२

जाली नोटसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७८ माघ ७ गते १०:५६

काठमाडौँ । महोत्तरीको मटिहानी–जनकपुर सडक खण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्ला ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।

गए राति भारतको मधवापुर सहरबाट जाली नोट बोकेर नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा २ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली एक हजारका जाली नोट दुई थान बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया