सिरिया आक्रमणमा १८ सुरक्षाकर्मीको मृत्यु
काठमाडौँ । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
सिरियाली उक्त सुधार गृहमा हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा परी कम्तीमा १८ जना कुर्दिश सुरक्षाकर्मी मारिएका एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।
आइएस समूहको नियन्त्रणमा रहेको राज्य सन् २०१९ मा पराजित भएको घोषणा गरिएपछि यस्तो सबैभन्दा ठूलो आक्रमण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।
एक प्रत्यक्षदर्शी स्थानीयले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीमा घटनामा विद्रोही समूहकासमेत दर्जनौ मारिएका बताए । तर, मानवअधिकार अनुगमनकारी संस्थाले कुर्दिश आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिएकाहरूको संख्या १८ पुगेको पुष्टि गरेको हो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया