सिरिया आक्रमणमा १८ सुरक्षाकर्मीको मृत्यु
काठमाडौँ । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
सिरियाली उक्त सुधार गृहमा हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा परी कम्तीमा १८ जना कुर्दिश सुरक्षाकर्मी मारिएका एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।
आइएस समूहको नियन्त्रणमा रहेको राज्य सन् २०१९ मा पराजित भएको घोषणा गरिएपछि यस्तो सबैभन्दा ठूलो आक्रमण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।
एक प्रत्यक्षदर्शी स्थानीयले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीमा घटनामा विद्रोही समूहकासमेत दर्जनौ मारिएका बताए । तर, मानवअधिकार अनुगमनकारी संस्थाले कुर्दिश आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिएकाहरूको संख्या १८ पुगेको पुष्टि गरेको हो ।

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया