आमा बनिन् प्रियंका चोपडा

काठमाडौँ । बलिउड हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।
‘यो कुरा बताउँदा हामी खुसी छौँ, कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौँ, हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौं कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।
सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।
प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया