२४ करोड रुपैयाँ लागतमा १५ सय परिवारलाई खानेपानी

उदयपुर । जिल्लाको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा खानेपानी पाउने आशा पलाएको छ । सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि आशा पलाएको हो ।
कटारी नगरपालिकाको दुर्गभ भेगमा रहेको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ वडाबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । ती वडामा बसोबास गर्ने वडाबासीले खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाले वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा सुनकोसीको पानी लिफ्टिङ प्रणालीमार्फत पानी तानेर गाउँमाथि रिर्जब ट्यांकी निर्माण गरी पाइपमार्फत घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको छ।
कटरी नगरपालिकाका ६ वटाका करिब एक हजार ५ सय घरधुरीले अहिलेसम्म खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले करिब २४ करोड लागतको खानेपानी योजना निर्माण गर्न लागेको हो ।
खानेपानी योजनाले एक हजार ५ सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको योजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जब ट्यांकी राखिने छ । पहिलो वडा नम्बर १४ घुर्मीको सुनकोसी नदीबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाइलो डाँडामा रिजर्ब ट्यांकीमा राखिने छ ।
दोस्रो वडा नम्बर १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा ट्यांकी राखी पानी वितरण गरिने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर मगरले जानकारी दिए ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया