चितुवाले गोठकै जनावर खान थाल्यो

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका २ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमा चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा खाएको हो ।
नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुई वटा बाछी खाएको थियो । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताए ।
“धेरै जनाले कच्ची गोठमै बाख्रालगायतलाई बाँध्ने गरेका छन्”, उनले भने, “साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ । बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन् । वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।”
यसअघि चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो । “केही महिना आतंक मच्चाएको चितुवाले दुःख दिन छाडेको थियो”, तुलाराम चौधरीले भने, “ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ । चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।”











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया