नेपाल र मौरिससबीच मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाल र मौरिससबीच मैत्रीपूर्ण खेल हुने भएको छ । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आउँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी सोमबार नेपाल आइपुग्ने जानकारी दिए ।
टोली बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल सुरु हुने समय भने बताइएको छैन ।
यस्तै, दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएको छ ।
यस्तै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । एन्फा सरकारको निर्देशनमा खोप लगाएका दर्शकलाई मात्र मैदान छिराउने तयारीमा छ ।
हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा आफ्नो प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा नौ खेलाडीले पहिलोपटक अवसर पाएका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया