मोवाइल पसलबाटै लागु औषधको कारोबार, दुई युवा पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध सहित दुई युवा पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस।के।मोबाइल मर्मत केन्द्रबाट प्रहरीले लागु औषध बरामद गरेको हो ।
ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु औषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरीले खत्रीलाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र एक थान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । यसैगरी प्रहरीले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत कुईनेपानी जंगलमा अवैध लागुऔषध ब्राउन सुगर कारोबार गर्दै गरेका अवस्थामा आइतबार युवालाई पनि पक्राउ गरेको छ ।
उनका अनुसार ब्राउन सुगर जस्तो देखिने दुई क्वार्टर खैरो धुलो पदार्थसहित तिला गाँउपालिका ५ जुम्ला निवासी २६ वर्षीय दीपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया