अमेरिकाद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न निर्देशन

एजेन्सी । अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको भन्दै अमेरिकाले युक्रेनमा रहेका आफना दुतावासका कर्मचारीका परिवारलाई युक्रेन छोडन निर्देशन गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत भनेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गदै त्यस्तो आग्रह गरेको हो ।
रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ । तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियमा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए ।
















सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया