अमेरिकाद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न निर्देशन

एजेन्सी । अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको भन्दै अमेरिकाले युक्रेनमा रहेका आफना दुतावासका कर्मचारीका परिवारलाई युक्रेन छोडन निर्देशन गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत भनेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गदै त्यस्तो आग्रह गरेको हो ।
रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ । तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियमा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए ।
प्रतिक्रिया