इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १(१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे ।
भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल२-० ले अगाडि बढ्यो ।
५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २-१ को स्थिति झारे । खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३(१ को जित दिलाए ।
जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ ।
अर्को खेलमा चेल्सीले टोटेनहमलाई २-० अन्तरले हरायो । घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १-१ गोल गरे ।
४७औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई सहज जित तर्फ अग्रसर भयो ।
जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा छ ।
राति भएको अन्य खेलमा आर्सनल र बर्नलीले गोल रहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १-१ गोलको बराबरी खेले ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया