ट्रकसंग माइक्रो ठोक्किँदा १६ जना घाइते

कैलाली । कैलालीमा ट्रकसंग माइक्रो बस (हायस) ठोक्किँदा १६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको माइक्रोलाइ ना ४ ख १९१५ नम्बरको ट्रकले ठक्कर दिदाँ दुर्घटना भएकाे हो । दुर्घटनामा घाइते १६ जना मध्ये १४ जना स्वस्थ्य सामान्य रहेको छ । भने माइक्रो चालक र माइक्रोमा सवार महिलालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा माइक्रो चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका प्रहरीले जनाएको छ ।
यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य छ।
घाइतेहरुमध्ये केहीको धनगढीस्थित माया मेट्रो हस्पिटल र केहीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको तथा ट्रक चालक फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

















Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया