कोरोना सङक्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

चितवन । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जनाभन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।
उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरुसँग भेटघाटमा रोक लगाएका छौँ । कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए । उनले भने ‘पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौँ ।’
कारागार कार्यालयमा रहेका एकजना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिको व्यवस्था गरिएको उनले बताए । जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ ।
उनले भने, ‘दुई कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ । ’अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् । जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् ।
उनीहरुसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए । रासस
















लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया