मच्छिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश
मेरोन्यूज
२०७८ माघ १० गते १८:३०

पोखरा । मछिन्द्र क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।
मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गोलको योगदान दिए ।
संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवको गोलबाट अघि बढेको मछिन्द्रका लागि ४७ ओैं मिनेटमा मेसुकेले दोश्रो गोल गरे ।
खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौंथो गोल हिर्काए ।
मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया