बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी । स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमवारदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ ।
राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ ।
सडकमा यातायात सञ्चालन हुने समयतालिका लागू भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका र मुस्ताङका बासिन्दा, तीर्थयात्री, पर्यटक र व्यवसायी प्रभावित भएका छन् ।
आयोजना प्रमुख जगत प्रजापतिले यही माघ २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म यातायात सेवा बन्द गरेर विस्तार र निर्माणको काम गर्न समयतालिका तय गरिएको जानकारी दिए ।
महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नतिका लागि समय तालिका बनाएको उनले बताए ।
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा हाल निर्माण भइरहेको छ ।
हालसम्म मुस्ताङको ६ खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ । महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो ।
उन्नाइस किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो ।
बेगखोलादेखि नारच्याङ पुलसम्मको अधिकांश भागमा पनि विस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया