कारागारबाट फरार कैदी यमराज पक्राउ
पक्राउ परेका ब्यक्तिको अर्धनग्न तस्विर सार्वजनिक गरेपछि प्रहरी आलोचित

काठमाडौं । दाङको कारागारबाट प्रहरीकै मोटरसाइकल लिएर फरार भएका कैदी यमराज परियार पक्राउ परेका छन् ।
उनी भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका हुन् । उनलाई भारतबाटै ल्याइएको हो । तर कानुनी अड्चनका कारण उनलाई नेपाल भारत सीमा क्षेत्रको नेपाली भूमिमै पक्राउ गरेको बताइएको छ ।
प्रहरीले फरार रहेका अपराधी कस्ता थिए, उनको शरीर कस्तो थियो भनेर नाङ्गो तस्वीर समेत सार्वजनिक गरेको छ ।
जन्मकैद भोगिरहेका फरार कैदी परियार प्रहरी र जेल प्रशासनलाई आर्थिक प्रलोभनमा पारेर प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए ।
कैदी फरार हुँदा वा भाग्दा तोकिएको सजायमा अर्को आधा समय थप कैद बस्नुपर्ने प्रावधान पनि रहेको छ ।
प्रहरीको फन्दामा परेपछि यमराजले प्रहरी र जेलरलाई ठूलो रकम दिएको बताएका छन् ।
जेलर यसअघि नै प्रहरी प्रशासनबाट छुटिसकेका छन् । यमराजले प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख रुपैयाँ बुझाएको बताएपछि जेलर पनि सजायको भागीदार हुन्छन् ।
उनको बयानले जेलर युवराज परियारलाई २५ लाख दिएको पुष्टि भए प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुला भएको छ ।
कर्तव्य ज्यान मुद्धामा जन्मकैद भोगिरहेका यमराज पुष ८ गते उपचारका लागि अस्पताल आउनेक्रममा चालक चौधरीले चलाएको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।
घोराहीस्थित विपि चोकमा रहेको थकाली भान्सा घर एन्ड लजमा खाजा खाँदै गर्दा यमराज बाहिर निस्किएर मोटरसाइकलमा फरार भएका थिए ।
उनी दिउँसो २ बजे त्यहाँबाट निस्किए पनि साँझ ५ बजे मात्र जिल्ला प्रहरी कार्यालयले फरार भएकोबारे जानकारी पाएको थियो ।
दाङको राजपुर गाउँपालिका ३ स्थायी घर भएका यमराज कैद सजाय काटिरहेको ७ वर्ष पुगेको थियो । पहिला चौकीदार रहेका उनी पछिल्लो समय जिल्ला कारागारमा नाइके भएका थिए ।
प्रहरीले यमराज फरार भएको भोलीपल्ट उनले लिएर गएको मोटरसाइकल लमहीको मस्कटमा फेला पारेको थियो ।















लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया