४० वर्ष पढाएर मौरीपालनतिर

बागलुङ । केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने बागलुङका चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ ।
चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन् । बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन ।
बागलुङ जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए । विसं २०६२ तिर उनले रु तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याए । विसं २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गरे । अहिले उनकामा ४५ घार मौरी छन् । आउँदो वर्षभित्र सय घार पु¥याउने रानाको लक्ष्य छ ।
“विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन–चार वर्षजति भयो”, रानाले भने । उनले ‘फार्म’को व्यावसायिक नाम ‘कृषि तथा दीप मौरीपालन’ राखेका छन् ।
रानाले गएको याममा ५२ किलो मह बेचेको पनि सुनाए । कात्तिक–मङ्सिर र वैशाख–जेठ गरी दुई याममा मह काढ्ने गरेका छन्, उनले । प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ ।
“मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन”, रानाले भने । गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यवद्र्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ । रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए । सय घार पु¥याउँदा कमाइ दोब्बरले बढ्ने उनको भनाइ छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको ‘फार्म’ले रु एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो । सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताए ।
“अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु”, उनले भने, “कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ ।” विसं २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताए ।
सुरुआतमा उनका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाए । पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ ।
श्रीमती साथ उनलाई दरिलो छ । अरु छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन् ।











सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया