चोरी-तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी

भजनी । खुला सीमानाकाबाट चोरी-तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो ।
भन्सार कार्यालय सत्तीका प्रमुख विमलकुमार शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व सङ्कलनमा कमी आएको बताए । “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन । त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी-तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भने, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व सङ्कलनमा निकै कमी आएको छ ।”
उनले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको बताए ।
सत्ती भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले पुसमा रु एक करोड ७७ लाख ६६ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा रु ६९ लाख ५४ हजार ४१५ मात्रै सङ्कलन भएको छ । भन्सार कार्यालयले असोजदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन ।
असोजामा रु एक करोड ६५ लाख ५० हजार, कात्तिकमा रु एक करोड ७३ लाख ७६ हजार र मङ्सिरमा रु एक करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा रु एक करोड २० लाख ८३ हजार १२, कात्तिकमा रु एक करोड नौ लाख पाँच हजार ४४७ र मङ्सिरमा रु एक करोड १० लाख ९६ हजार १९४ राजस्व सङ्कलन गरेको छ ।
प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया