राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्न राप्रपाको ‘ह्वीप’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर–१ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आह्वान गरेको छ ।
आज विज्ञप्ति जारी गदै राप्रपाले प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।
‘यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नम्बर–१ मा पार्टीका उमेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरूमा पार्टीको उमेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो, ’ पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतमा बसेको बैठकको निर्णयानुसार भन्दै विज्ञप्तिमा भनिएको छ ।

















राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया