बुधबार, पुष ९, २०८२

सिटिजन लाइफको ‘सिटिजन खबर’ प्रकाशित

मेरोन्यूज २०७८ माघ ११ गते १७:५२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन खबर” नामक जर्नल प्रकाशित गरेको छ ।

काठमाडौंस्थित होटेल याक एण्ड यतीमा कार्यक्रम गरी उक्त जर्नलको विमोचन गरिएको छ ।

कम्पनीले कार्तिक २ गते चार वर्षे यात्रा पार गरेसँगै, सो अवधिसम्मका गतिविधिहरुलाई समेटेर जर्नल “सिटिजन खबर” प्रकाशित गरेको हो ।

बीमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथमणि खड्का, नायव महाप्रवन्धक दिपबहादुर बिसी साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा सिटिजन खबरको विमोचन गरेका थिए ।

यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध रहेको तथा डिजिटल प्रतिलिपी कम्पनीको वेबसाइटमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया