एमालेको आन्तरिक एकतालाई सुदृढ पार्न बोहोराको सुझाव

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले केन्द्रीय सल्लाहकार परिषदको नीतिगत रुपमा गठन भइसकेकाले अन्यौलमा नहुन आग्रह गरेका छन् ।
परिषद् सदस्यहरुको सपथग्रहण कार्यक्रमसमेत नभएकाले परिषद् सदस्यहरुमा अन्यौलता र अस्पष्टता रहेकाले चासो राखेको बताएका छन् ।
एमाले सल्लाहकार परिषद्को अन्यौलताबारे अमृत बोहोराको विज्ञप्ति जारी गर्दै अहिले परिषदको बैठक बस्न र सपथग्रहण कार्यक्रम हुन नसक्ने अवस्था रहेको भन्दै आ– आफ्ना ठाउँमा हुने पार्टी कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गरी सहभागिता जनाउन आग्रह गरेका छन् ।
साथै नेकपा एमालेको आन्तरिक एकतालाई सुदृढ पार्न पार्टी सल्लाहकार परिषद् अध्यक्ष बोहोराले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
स्थानीय कमिटीलाई एकतावद्ध, गतिशील र सुदृढ बनाउन सक्रियतापूर्वक लाग्नुपर्ने उनको सुझाव छ ।
‘पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृतिबाट मुत्तः गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्छ ।’– विज्ञप्तिमा भनिएको छ ।


















झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया