बुधबार, पुष ३०, २०८२

राष्ट्रियसभाको मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सांसद चौधरी दुर्घटनामा परेर घाइते

मेरोन्यूज २०७८ माघ १२ गते १०:५०
Print

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते भएका छन्।
सांसद चौधरी राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले चौधरी सवार गाडी ट्रकसँग ठक्कर खाएको छ। उनको हातमा सामान्य चोट लागेको रिजालले बताए।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो।

प्रतिक्रिया