राष्ट्रियसभाको मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सांसद चौधरी दुर्घटनामा परेर घाइते
मेरोन्यूज
२०७८ माघ १२ गते १०:५०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते भएका छन्।
सांसद चौधरी राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले चौधरी सवार गाडी ट्रकसँग ठक्कर खाएको छ। उनको हातमा सामान्य चोट लागेको रिजालले बताए।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो।
सम्बन्धित

















‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया