२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षको तुलनामा महिला बढी

काठमाडौं । नेपाली विदेशमा २१ लाख ६९ हजारभन्दा बढी रहेको पाइएको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ जना अक्सर नेपाली विदेशमा बसोबास गरेको देखिएको हो ।
त्यसमध्ये पुरुष १७ लाख ६३ हजार ३१५ र महिला चार लाख ६ हजार १०३ अर्थात (१८.७२) रहेका देखिन्छ । १० वर्षअघि अर्थात २०६८ तुलनामा ०७८ मा विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।
जनगणनामा अनुपस्थित हुने ७७ जिल्लाकै व्यक्तिहरू छन् । जसमा सबैभन्दा बढी विदेशमा काठमाडौं, झापा, मोरङ,कैलाली र रुपन्देही रहेका छन् । भने सबैभन्दा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।
०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने नेपालीहरु) को संख्या १९ लाख २१ हजार ४९४ थियो ।
जसमा पुरुष १६ लाख ८४ हजार २९ (८७.६४) रहेका थिए भने महिला दुई लाख ३७ हजार ४०० (१२.३६) थिए ।











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया