शनिबार, पुष १२, २०८२

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एक मत खस्न बाँकी

मेरोन्यूज २०७८ माघ १२ गते १४:१५

कैलाली । सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान जारी छ । बुधबार (आज) बिहान ९ बजेबाट सुरु भएको मतदानमा अब एक मत मात्रै खस्न बाँकी छ ।

दार्चुलाको महाकाली नगरपालिकाका मेयर मतदानका लागि आउन बाँकी रहेको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।
उनका अनुसार दिउँसो ३ बजेबाट मतगणना सुरु हुनेछ ।

प्रदेश सभा सदस्य ५२ जनामध्ये ५२ जनाले नै मतदान गरिसकेको र स्थानीय तहको १७५ जनामध्ये १७४ जनाको मात्रै मत खसेको उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्।

नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया