माधव नेपालको जोडः तीन तहकै निर्वाचन एकै पटक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीन तहकै निर्वाचन एकै पटक गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले तीनै तहको निर्वाचन एकै पटक गरेर खर्च गर्नुपर्नेमा जोड दिए ।
‘एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदी एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’– नेपालले भने ।
यस्तै, उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताएका छन् ।
सत्ता गठबन्धन दलहरु नै स्थानीय तहको निर्वाचनकाबारेमा स्पष्ट नभएको भन्दै छलफलमा रहेका छन् । गठबन्धन दलहरु संविधान र निर्वाचन कानून बाझिएको भन्दै छलफल गरिरहँदा नेता नेपालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
नेपालको संविधानमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उल्लेख छ भने निर्वाचन ऐनमा समयअवधि अघि नै निर्वाचन गर्नुपर्ने भनिएको छ ।
निर्वाचन आयोगले पनि पद रिक्त नहुँदै निर्वाचन गर्नुपर्ने भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिएको छ । तर गठबन्धन दलका नेताहरु भने स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्ने योजनामा छन् ।
गठबन्धनले १९ सिट नै जित्ने दाबी
एकीकृत समाजवादी अध्यक्ष नेपालले बुधवार जारी १९ रिक्त राष्ट्रियसभा निर्वाचनबाट सबै सिट गठबन्धनले जित्ने दावी गरेका छन् ।
बुधबार भएको राष्ट्रियसभाको रिक्त पदमा सत्ता गठबन्धन पाँच दल मिलेर लडेका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले प्रतिष्पर्धामा छ ।
गठबन्धनबाट सातै वटा प्रदेशमा भएको निर्वाचनमा नेपाली काँग्रेसको ६ जना, एकीकृत समाजवादी र माओवादी केन्द्रबाट ५÷५ जना, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ ।
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया