राष्ट्रियसभा निर्वाचन
बाग्मतीमा गठबन्धनका दुवै उम्मेदवार बिजयी
मेरोन्यूज
२०७८ माघ १२ गते १८:१२

काठमाडौं । बाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनका दुवै जना निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् ।
चार हजार ८२४ मतभार प्राप्त गरी तिमल्सिना निर्वाचित हुँदा पौडेल ४ हजार ७९४ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै, विपक्षी दल नेकपा एमालेबाट निरुकुमारी कुँवरले ४ हजार ३६२ मत प्राप्त गरिन् भने अन्यमा गोपाल शाक्यले ४ हजार ३४४ मत प्राप्त गरे ।
यसैगरी नेमकिपाबाट महिलामा उम्मेदवारी दिएकी गीता काफ्लेको १३२ मतभार प्रप्त गरिन् भने अन्यमा कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गरे ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्य १०६ जनाले र स्थानीय तहका २३७ जनाले मतदान गरेकाथिए ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया