राष्ट्रियसभा निर्वाचन
बाग्मतीमा गठबन्धनका दुवै उम्मेदवार बिजयी
मेरोन्यूज
२०७८ माघ १२ गते १८:१२

काठमाडौं । बाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनका दुवै जना निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् ।
चार हजार ८२४ मतभार प्राप्त गरी तिमल्सिना निर्वाचित हुँदा पौडेल ४ हजार ७९४ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै, विपक्षी दल नेकपा एमालेबाट निरुकुमारी कुँवरले ४ हजार ३६२ मत प्राप्त गरिन् भने अन्यमा गोपाल शाक्यले ४ हजार ३४४ मत प्राप्त गरे ।
यसैगरी नेमकिपाबाट महिलामा उम्मेदवारी दिएकी गीता काफ्लेको १३२ मतभार प्रप्त गरिन् भने अन्यमा कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गरे ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्य १०६ जनाले र स्थानीय तहका २३७ जनाले मतदान गरेकाथिए ।
सम्बन्धित

















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया