एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति

चितवन । पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ । रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत् सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाइते भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार भुजेल सामान्य घाइते हुनुभएको र उहाँलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नवीन लाभका अनुसार विद्युत् तारलाई पोलबीचमा छुट्याउने पिन इन्सुलेटरबाट तार चुँडियर भुइँमा झर्दा विद्युत् सट भएको हो । ओसिलो भुइँमा विद्युतीय तारले छुँदा गोठमा करेन्ट लागेको उनले जानकारी दिए ।
उक्त घरगोठ नजिकैबाट हाइटेन्सन लाइन लगिएको छ । घटनापछि अहिले मर्मतको काम सुरु भएको लाभले बताए ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया