भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग्दै सर्वदलीय आन्दोलन
झापा । दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिगाहा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् ।
भद्रपुर नगरपालिका वडा नं. ५ का १०६ कित्तामा बसोबास गर्दै आएका ३० परिवारको नौ बिगाहा जग्गा भद्रपुर भन्सार कार्यालयका लागि २०७६ वैशाख १७ गते सरकारले अधिग्रहण गर्ने निर्णय गरेको थियो । अधिग्रहणमा परेको जग्गाको मुआब्जा माग गर्दा सरकारले अहिलेसम्म नदिएको हुँदा सर्वदलीय समिति गठन गरेर पीडितको न्यायका लागि आन्दोलनमा उत्रिनु परेको वडाध्यक्ष बन्धु कार्कीले बताए ।
वडाध्यक्ष कार्कीकै संयोजकत्वमा सर्वदलीय संघर्ष समिति गठन गरिएको छ । त्यसको सदस्यमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपालगायत राजनीतिक दलका नगर नेता रहेका छन् । सरकारले भद्रपुरको छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी मूल भन्सार कार्याल बनाउने निर्णय गरेपछि आवश्यक संरचना निर्माणका लागि सर्वसाधारणको जग्गा अधिग्रहण गरेको थियो ।
वडाध्यक्ष कार्कीले मुआब्जा प्रक्रिया जग्गाको मूल्यांकनमा पुगेर अड्किएको बुझिएको बताए । लामो अवधिसम्म मुआब्जा नदिँदा पीडितहरु सुकुम्बासी बन्न बाध्य भएको उनको भनाइ छ । सो जग्गा भन्सार कार्यालय प्रयोजनका लागि अधिग्रहण गरिएको सूचना २०७७ साउन २७ गते राष्ट्रिय स्तरको पत्रिकामा समेत प्रकाशन गरिएको थियो । हाल भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरले सो जग्गा रोक्का राखेको छ

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया