हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ १७ पैसा र बिक्री दर १३४ रुपैयाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९८ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ चार पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९४ पैसा र बिक्री दर ३२ रुपैयाँ १० पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ सात पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया