भिजिट भिसाका नाममा रकम ठगी गर्नलाई कारबाही गर्ने मार्सल टिम

काठमाडौँ । भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको छ ।
मार्सल टिममा सीआइबीका डिएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिन अघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णप्रसाद श्रेष्ठ पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योजना पहिल्याउन समिति बनाएको थियो ।
समितिको पहिलो बैठकले मार्सल टिम गठन गरेको हो । समितिको पहिलो बैठकमा श्रममन्त्री श्रेष्ठ पनि सहभागी थिए ।
समितिले भिजिट भिसाको नाममा रकम मागेको पहिचान भएका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया