भिजिट भिसाका नाममा रकम ठगी गर्नलाई कारबाही गर्ने मार्सल टिम

काठमाडौँ । भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको छ ।
मार्सल टिममा सीआइबीका डिएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिन अघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णप्रसाद श्रेष्ठ पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योजना पहिल्याउन समिति बनाएको थियो ।
समितिको पहिलो बैठकले मार्सल टिम गठन गरेको हो । समितिको पहिलो बैठकमा श्रममन्त्री श्रेष्ठ पनि सहभागी थिए ।
समितिले भिजिट भिसाको नाममा रकम मागेको पहिचान भएका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया