गृहमन्त्री खाँणलाई बेलायती राजदूत पोलिटले भेटिन्

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शुक्रबार शिष्टाचार भेट गरेकी छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री खाणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरे ।
त्यस्तै, गृहमन्त्री खाणले लैंगिक र्हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको कामको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, गृहमन्त्री खाणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंशायोग्य रहेको बताएका थिए ।
त्यस्तै, गृहमन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकहरूको सेवा सुविधाका लागि उठेका मागहरूको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरेका थिए ।
भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताइन् ।
त्यस्तै, राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्वोधन गर्न आफूले पहल गर्ने बताइन् । भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएका थिए ।
















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया