बेलायती वैज्ञानिकले सानो आकारको कोरोना परीक्षण यन्त्र
काठमाडौँ । बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् । यो मोबाइल किटले सार्स कोभ २ पत्ता लगाउन निकै सहज हुने दाबी गरिएको छ ।
वैज्ञानिकले यो सानो मोबाइल किटको कूल लागत ५१ अमेरिकी डलर रहेको जानकारी दिएका छन् । सस्तो र सानोसमेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजानसमेत सहज हुने विश्वास गरिएको छ । संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ । यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरुको भनाइ छ ।
लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड १९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौं ।’
स्टोयनका अनुसार, मानिसहरुले यो किटको मद्दतबाट नियमित रुपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन् । तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उनको भनाइ छ । ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने स्टोयनको विश्वास छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया