जावा मोटरसाइकलको बीएस–सिक्स मोडल नेपालमा

काठमाडौँ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि.अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्कमार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण सुरु गरेको छ । जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखराका विभिन्न शाखा र डिलरहरुबाट बाइक बुकिङ्ग गर्न सक्ने छन् ।
जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इञ्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा क्रस पोर्ट टेक्नोलोजी समावेश गरिएको छ । जसले इञ्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्य क्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।
बिएस–फोर कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इञ्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राईडको अनुभव प्रदान गर्दछ । यस प्रविधिले मोटरसाइकलहरुमा विशिष्ट दोहोरा विशेषताहरू – समान शक्ति र टर्क फिगरहरू कायम राख्ने र उच्च बीएस–सिक्स प्रदूषण मापदण्डहरू पूरा गर्ने गर्दछ ।
विश्वको पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त जावामा भर्खरै राखिएको ल्याम्ब्डा सेन्सरले आन्तरिक र बाह्य पक्षहरुलाई अझ प्रभावकारी रूपमा निगरानी गर्दछ, जसको परिणामस्वरूप निरन्तर कार्यकुशलता र ड्राइभिङ अवस्थाहरूबाट स्वतन्त्र उत्सर्जन हुने गर्दछ । त्यसैगरी, सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक राम्रो ईन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ ।
सिटलाई नयाँ सिट प्यानका साथै लामो दूरीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । कस्मेटिक डिपार्टमेन्टमा, क्रोम प्लेटिङ अब उद्योगको मापदण्डको साढे दुई गुणा मूल्याङ्कन गरिएको कठोर परीक्षणको समर्थनमा आउँछ । दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबीएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्दछन् र साथै आफ्ना प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गर्दछन् । यही सँगै, जावा बाइकका हुडमुनि हर्नको टोनदेखि लिएर स्लिकर गियरबक्ससम्म पनि धेरै सुधारहरू गसिएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया