बिहीबार, वैशाख २४, २०८३

थाहा नै नपाई ह्दयघात, यसरी बचौँ

मेरोन्यूज २०७७ चैत ११ गते १३:२०

काठमाडौं । पछिल्लो समय ३० वर्षकै उमेरमा पनि हृदयाघात देखिने गरेको चिकित्सकले बताएका छन् । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलका कार्डियो थोरासिक सर्जन डा सम्पूर्णमान तुलाधरका अनुसार मुटुमा रगत सप्लाई गर्ने तीन वटा नशा हुन्छन् तर ती नशा बन्द भएमा मुटुमा रगत जान सक्दैन्, जसका कारण मुटुले अक्सिजन नपाउँदा ह्दयघात हुन्छ ।

Advertisement
NiccNicc

डा.तुलाधरले भने, “छातिको तल्लो भाग र नाइटोको माथिल्लो भाग दुख्ने समस्या आएमा मानिसहरु फार्मेसीमा आफूखुसी ग्याष्ट्रिकको औषधि किनेर खाने गरेको देखिन्छ, तर त्यसले झनै समस्या बढेर ह्दयघात भएको देखिन्छ ।”

छातिको तल्लो भाग र नाइटोको माथिल्लो भाग दुख्ने समस्या बारम्बार देखिएमा तुरुन्तै अस्पताल जान डा तुलाधरले सुझाए । उनकाअनुसार थाइराइड, मधुमेह, कोलेस्ट्रोल भएका मानिसमा ह्दयघातको जोखिम बढी हुन्छ । “विशेष गरेर मधुमेहका बिरामीलाई हृदयाघात भएको थाहा हुदैन् उनीहरुमा अलिअलि पसिना मात्र आउने गरेको देखिन्छ तर सामान्य समस्या हो भने वेवस्ता गर्नुहुदैन तुरुन्तै अस्पताल लैजानुपर्छ,” डा तुलाधरले भने ।

यस्ता छन् ह्दयघातका लक्षण

छाति दुख्ने, जुन दुखाई देब्रे हातमा र घाटीमा सर्दै गएर च्यापूतिर पनि दुखाई अत्यधिक हुने ।

भ¥याङ उक्लदा, व्यायाम गर्दा, उकालो चढ्दा छाति भारी हुने वा दुख्ने ।

अत्यधिक तनाव बढ्ने ।

स्वास्वा हुने ।

छातिको तल्लो भाग र नाइटोको माथि दुख्ने (यो दुखाईलाई धेरै मानिसले ग्याष्ट्रिक भयो भनेर आफूखुसी औषधि सेवन गर्दा अन्तिममा जटिल अवस्थामा मात्र अस्पताल आइपुगेको देखिन्छ ।)

यसरी बचौँ

मोटोपना नियन्त्रणमा राख्ने ।

उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने ।

नियमित स्वास्थ्य परीक्षण गर्ने ।

धुम्रपान नगर्ने ।

व्यायाम गर्ने ।

मानसिक तनाव कम गर्ने ।

माथिका कुनै पनि समस्या देखिएमा तुरुन्तै मुटुरोग विशेषज्ञसँग परार्मश लिने ।
(ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलका कार्डियो थोरासिक सर्जन डा तुलाधारसँग गरिएको कुराकानीमा आधारित )

प्रतिक्रिया