अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् ।
विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् ।
अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् । आशाजस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् । जलजला–२ रातढुङ्गाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । विवशका बुवाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् ।
बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुवा सिकिस्त बिरामी छन् । बुवा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुवा बिरामी छन्, खाने, बस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर सोही ठाउँको विद्यालयमा जाने गरेकी छन् ।
विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षेत्रीले अभिभावकविहीन पाँच बालबालिकाको अवस्था बिजोग रहेको बताइन् । “उनीहरुलाई पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ”, प्रअ घर्तीले भनिन्।
उनकाअनुसार सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको छ । यता वडाध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए । “सिङ्गो दलित बस्तीका बालबालिकामा धेरै अभाव छ, वडाबाट सक्ने सहयोग हुन्छ”, अध्यक्ष खत्रीले भने ।
अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छाडेर गएपछि शिक्षादीक्षामा ठूलो सङ्कट परेको छ । शैक्षिक साम्रगीदेखि ओढ्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान शुरु भएको स्थानीय युवाद्वय नवीन जिसी र रविन जिसीले बताए । उनीहरुलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने स्थानीयवासीले बताएका छन् । लामो समयदेखि अभिभावकविहीन बने पनि कुनै निकायबाट सहयोग नपाएको बालबालिकाको गुनासो छ । रासस
















कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया