नयाँ प्रजातिको चरा फेला

चितवन । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।
चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो । रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘‘लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।
एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ ।
यो चरासहित अब चितवनमा ६५७ प्रजातिका चरा पाइन्छन् । ‘लामपुच्छ«े चाँचर’ चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चरा हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । विभिन्न देशबाट लामो दूरी तय गर्दै चरा जाडो छल्नका लागि यहाँ आउने गर्छन् । रासस
–––
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया