कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।
आव २०७५/७६ मा एक हजार २३४ र गत आव २०७६/७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् ।
कार्यालयका प्रमुख नवराज भट्टले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।” यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताउनुभयो ।
कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मङ्गलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव सङ्कलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिनुभयो । चालु वर्षको गत आठ महिनामा कार्यालयले रु ९३ लाख ९८ हजार ६०० राजश्व सङ्कलन गरेको छ ।
उद्योगमा लगानी प्रस्ताव
जिल्लामा आव २०७७/७८ को फागुन महिनासम्म दर्ता भएका उद्योगहरूमा रु १६ अर्ब ७६ करोड ८० लाख लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा रु छ अर्ब तीन करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ ।
यस्तै कृषिमूलक पाँच अर्ब ८२ करोड ४० लाख, सेवामूलक रु चार अर्ब ६५ करोड सात लाख, पर्यटनमूलक रु २४ करोड ७० लाख र निर्माणमूलक उद्योगमा रु ३० लाख लगानी प्रस्ताव गरिएको छ । वार्षिक उत्पादन क्षमता झण्डै रु ६८ अर्ब ६६ करोड बराबर रहेको प्रस्ताव गरिएको यी उद्योगबाट ६५ हजार ३८० जनाका लागि रोजगारी सिर्जना भएको जनाइएको छ ।
कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा ११ हजार ६८ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये झण्डै ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । अनुगमन निरीक्षण नगरी नहुने उद्योगको अनुगमन गर्ने गरिएकामा जनशक्तिलगायत साधन स्रोतको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन हुन सकिरहेको छैन ।
सम्भावना र चुनौती
जिल्लामा पर्यटनमा आधारित उद्यम, सेवामूलक व्यवसाय, कृषि तथा वनपैदावारजस्ता उद्योगको विकासको सम्भावना प्रचुर छ । प्राकृतिक स्रोत र साधनलाई कच्चापदार्थका रुपमा मात्र निकासी नगरी अन्तिम वस्तु उत्पादन गरी बजारीकरण गर्न सकिएमा हालको आयमा दोहोरो वृद्धि गर्न सकिने सम्भावना छ । उद्योग औद्योगिकग्राम तथा औद्योगिक क्षेत्रको अभाव, आर्थिक विकासका लागि परिमाणात्मक र गुणात्मक रुपमा उद्यमशीलताको विकासको कमी, रोजगारी सिर्जना गर्ने खालका मझौला तथा ठूलो उद्योगको स्थापना हुन नसक्नु, स्थानीय उत्पादनले आयातित वस्तु प्रतिस्थापनका लागि प्रतिस्पर्धा गर्न नसक्नु, भूउपयोग नीति नहुनु, सीपयुक्त श्रमिक र दक्ष प्राविधिकको अभावजस्ता समस्या उद्योगको विकासका लागि चुनौतीका रुपमा देखिएका छन् ।(रासस)

















HoR elections: 186,000 temporary voters to cast vote for PR system
सामसङको ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफर घोषणा
गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
प्रतिक्रिया