बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३ दशमलव ०९ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि चैतसम्ममा कुल बजेटको २८ दशमलव ७९ प्रतिशत खर्च गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत इन्द्रराज संज्यालका अनुसार चालु आव २०८२/८३ को नौ महिनामा प्रदेश सरकारले चालुतर्फ ३७ दशमलव ८६ प्रतिशत र पुँजीगततर्फ २३ दशमलव ०९ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा नौ महिना सकिँदा रु १९ अर्ब ४२ करोड ५७ लाख ८६ हजार बजेट खर्च भएको उनले बताए ।
बिनियोजित बजेटमध्ये प्रदेश लोेकसेवा आयोगले ४७ दशमलव ६९ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ४५ दशमलव १८ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ४४ दशमलव ७९ प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४३ दशमलव १२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४२ दशमलव ७१ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३८ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १४ दशमलव ०१ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायहरूले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत संज्यालले बताए ।


















अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया