सेयर बजारमा उछाल, साल्ट ट्रेडिङ लगातार २ दिन उकालो

काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार नेप्से परिसूचक ४१ दशमलव ३ अंक अर्थात् १ दशमलव ६३ प्रतिशतले अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५विन्दुमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ६ अंक अर्थात १ दशमलव ५७ प्रतिशतले बढेर ४ सय ५५ दशमलव ९५ अंकमा बन्द भएको छ ।
दिनभर २ सय ८ कम्पनीको ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता सेयर खरिदविक्री भएको छ ।
सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि २ दशमलव ५४ अंक अर्थात् १दशमलव ५७ प्रतिशतले बढेर ४ सय ५५ दशमलव ९५ अंकमा बन्द भएको छ ।
यस्तै, सन्सेटिभ फ्लोट परिसूचक पनि २ दशमलव २ अंकले बढेर १ सय ४८ दशमलव १४अंकमा बन्द भएको स्टक एक्सचेञ्जले जनाएको छ । बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा सेयरको माग बढेको शेयरबिज्ञ रविन्द्र भट्टराईले जनाएका छन् ।
बुधबार कारोबारमा आएका ११ समूहका उपसूचकमध्ये जलबिद्युत बाहेक अरु सबै बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ४ प्रतिशतले बढेको छ । त्यसपछि होटल र पर्यटन समूह ५ दशमलव ४४ प्रतिशतले उकालो लागेको छ ।
आज सबैभन्दा धेरै सेयर कारोबार साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशतले बढेर प्रतिकित्ता १२ हजार ७ सय ५ रुपैयाँमा पुगेको छ ।


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया