२ महिनादेखि बन्द हेटौंडा–कुलेखानी–फर्पिङ सडक बुधबारदेखि सञ्चालनमा

काठमाडौं । हेटौंडाबाट राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग (आज) बुधबारदेखि सञ्चालनमा आएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी, फाखेल,सिस्नेरी–दक्षिणकाली फर्पिङ सडकको भीमफेदी–कुलेखानी खण्डमा ढलान र कालोपत्रे गर्नका लागि माघ १० गतेदेखि हिजो चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।
सो सडकको खण्डको भीमफेदीदेखि देउरालीसम्मको विभिन्न भागमा ढलान र देउरालीदेखि कुलेखानीसम्म कालोपत्रे गर्न २ महिना सवारी साधन आवतजावतमा बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रोक लगाएको थियो । सडक निर्माण कार्य पूरा भएपछि आजदेखि सञ्चालमा आएको हो । सडक सञ्चालनमा आएपनि भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडक भने अहिले पनि कालोपत्र गर्ने कार्य भईरहेको छ । आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ निर्माण कम्पनीलाई निर्देशन समेत दिइएको छ ।
लक्ष्य अनुसारको मर्मतको काम सकिएकाले बुधबारदेखि नियमित रुपमा यातायात सेवा सञ्चालनमा आउने निर्देशनालय निर्देशक डा. सहदेव भण्डारीले बताए । कालोपत्रेका काम भने अझै सकिएको छैन । सडक फराकिलो बनाउने र ढलान गर्ने काम सकिएको छ ।
सो सडकखण्ड अत्यन्त जोखिमयुक्त भएकाले नालासहितको फराकिलो बनाउने कार्य प्रदेश सरकारले गरेको छ । निर्देशनालयका अनुसार १८ करोडको लागतमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नति गरिएको निर्देशक भण्डारीले जानकारी दिए ।
यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा भण्डारीले भीमफेदीदेखि कुलेखानीको हेभीचौरसम्म सडक खण्डलाई फराकिलो बनाउनुको साथै ढल र पर्खालको निर्माण गरिएकोले बुधबारदेखि सञ्चालमा आएको उल्लेख गरे । विगत २ महिना वैकल्पिक मार्ग भएर आवतजावत गर्ने सवारी साधनहरु त्रिभुवन राजपथ, चितवन-मुग्लिन नौबिसे सडक र कान्तिलोकपथ प्रयोग गरेका थिए ।
२ महिनासम्म वैकल्पिक राजमार्ग बन्द हुँदा त्यस क्षेत्रका होटल व्यवसायी र फलफूल एवं तरकारी उत्पादक कृषकहरु मारमा परेका थिए । सो छोटो मार्ग भएर हेटौंडा–काठमाडौं दैनिक ८ सय भन्दा बढी हलुका सवारी साधनहरु आवतजावत गर्दै आएका छन् ।

















HoR elections: 186,000 temporary voters to cast vote for PR system
सामसङको ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफर घोषणा
गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया