चिनियाँ राजदूतले किन भेटिन् प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई ?

काठमाडौं । दुई दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटन पुगेकी नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग भेट गरेकी छिन् ।
गत फागुन २३ मा सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिने निर्णय गरेपछि राजनीतिक संकट गहिरिँदै गरेका बेला राजदूत यान्छीको सक्रियता बढेको हो । उनले नेपालका दुई कम्युनिष्ट पार्टी पूर्ववत् अवस्थामा फर्केपछिको राजनीतिक घटनाक्रम, नयाँ सरकारको सम्भावनालगायत विषयमा केन्द्रित रहेर नेताहरुसँग भेटवार्ता गरेकी हुन् ।
केही दिन अगाडि मात्रै उनले अहिले एमालेभित्रै अन्तरसंर्घष गरिरहेका र कर्नरमा परेका नेता माधव नेपालसँग पनि अलग्गै भेट गरी छलफल गरेकी थिइन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालसँग यान्छीले बुधबार दिउँसो सिंहदबारस्थित रिमालको कार्यकक्षमै पुगेर भेटवार्ता गरेकी हुन् ।
विगतमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा नेकपाका नेताहरुलाई मिलाउन चिनियाँ पक्षले भूमिका खेल्न खोजेको सार्वजनिक भएको थियो । अहिले एमाले र माओवादी अलगअलग पार्टीका रुपमा देखापरेपछि राजदूत यान्छीको भेटवार्ता र सक्रियतालाई पनि चासोका साथ हेर्न थालिएको छ ।
दुवै पक्षले भेटवार्तामा भएका कुराकानीका विषयमा केही खुलाएका छैनन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया