भूपू गोर्खासँग एनआरएनए युकेले अन्तर्क्रिया गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ युकेको गोर्खा विभागले सबै गोरखा भूतपूर्व सैनिक संस्थालाई एउटै मञ्चमा भेला पारी गोरखा भूतपूर्व सैनिकको समस्याका बारेमा छलफल गर्ने भएको छ ।
एनआरएनए युकेकाअनुसार शनिबार (२७ मार्च २०२१) दिउँसो १ बजे भर्चुअल माध्यमबाट हुने सो छलफलमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का कार्यवाहक अध्यक्ष धर्मबहादुर तामाङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्युएस) का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, गोरखा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राई, ब्रिटिश नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा) का अध्यक्ष केशबहादुर गुरुङ, बीगेसोका अध्यक्ष पद्मसुन्दर लिम्बु र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समितिका संयोजक थर्कबहादुर राना सहभागी हुनेछन् ।
कार्यक्रम विशेषतः बेलायत सरकारले भूप गोरखा सैनिकहरूमाथि गरेको अन्याय, अत्याचार र भेदभावपूर्ण ब्यवहारको विरुद्ध गोर्खा अभियानमा केन्द्रित रहने बताइएको छ । कार्यक्रममा बेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापाले भूतपूर्व गोर्खा परिवारका तीस वर्ष माथिका वयस्क छोराछोरीलाई बेलायतको आवासीय भिसाका बारेमा जानकारी दिने छन् ।
यसैगरी कार्यक्रममा गोर्खा ब्रिग्रेडमा सेवा गरेका र हाल नेपालमा बसोबासरत अवकासप्राप्त कर्नेल जे पी क्रस ओविईले गोर्खाहरुको न्यायका लागि बेलायत सरकारलाई अपिल गर्ने बताइएको छ । कार्यक्रममा बेलायती सेनामा सबैभन्दा माथिल्लो पद लेफ्टिनेण्ट कर्णेलमा पुगेका सीमित गोरखाहरुमध्ये यामबहादुर राना पनि सहभागी हुनेछन् ।
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राख्ने
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया