टीकापुर घटना अध्ययन गर्न वार्ता टोली बन्दै,आजकै मन्त्रीपरिषद्को वैठकले निर्णय गर्ने

काठमाडौं । सरकारले टीकापूर घटना लगायतका थारु समुदायले उठाउँदै आएका मागका विषयमा छलफल गर्न वार्ता टोली बनाउने भएको छ । (आज) बिहिबार सांझ ५ वजे मन्त्रीपरिषद्को वैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वस्दैछ ।
उक्त वैठकले टीकापूर घटना लगायतका थारु समुदायले उठाउँदै आएका मागका विषयमा छलफल गर्न वार्ता टोली गठन गर्ने गृहमन्त्री रामवहादुर थापा (बादल)ले जानकारी दिए ।
टीकापुर घटना राजनीतिक घटना हो,राजनीतिक सहमतिवाट समाधान खोजियोस्, थारु कल्याणकारी समाजका अध्यक्ष लगायत थारुहट /थारुवान संर्घष समितिका संयोजक लगायतलाई रिहाई गर्नुपर्ने, संविधानमा ब्यवस्था भए अनुसार लोकसेवा आयोग लगायतका राज्यका सम्पूर्ण निकायमा थारु दलित, मुस्लिम, पिछडावर्गलाई आरक्षणको ब्यवस्था गर्नुपर्ने माग सहित थारु समुदाय धर्नामा वसेको माइतीघरमै पुगेर,गृहमन्त्री थापाले सरकारले वार्ता टोली गठन गर्न लागिएको जानकारी दिएका हुन् ।
गृहमन्त्री थापाले धर्नास्थलमै पुगेर सम्वोधन गदै सरकार थारु समुदायले उठाएका मागका विषयमा वार्तामा वस्न तयार रहेको वताएका हुन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया