अत्यावश्यकबाहेक घरमै राख्नका लागि राहदानी नबनाउन विभागको अनुरोध
मेरोन्यूज
२०७७ चैत १२ गते १८:१२

काठमाडौं । राहदानी विभागले घरमै राख्नका लागि राहदानी नबनाउन अनुरोध गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै, निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी गरिने हुँदा अत्यावश्यक अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी नबनाउन अनुरोध गरेको हो ।
“धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीको बहाल अवधि सकिन लागेका कारण नवीकरण गर्न आउने गरेकाे, चालक अनुमति पत्रजस्तै बहाल अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बखत बनाउन सकिने व्यहोरा अनुरोध गरिन्छ,” विभागद्वारा जारी सूचनामा भनिएको छ ।

सम्बन्धित














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया